नियम १६
खरिद महाशाखा, शाखा वा इकाईको काम
(१) सार्वजनिक निकायले खरिद सम्बन्धी कार्यबोझ र कार्य प्रकृतिको आधारमा आवश्यकता अनुसार छुट्टै खरिद महाशाखा, शाखा वा इकाईको स्थापना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खरिद महाशाखा, शाखा वा इकाईको स्थापना गर्दा त्यस्ता महाशाखा, शाखा वा इकाईको प्रमुखको जिम्मेवारी वहन गर्ने गरी खरिद अधिकारी तोक्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको खरिद अधिकारीले ऐनको दफा ७ को उपदफा (३) मा उल्लिखित कामको अतिरिक्त देहाय बमोजिमको कार्यसम्पादन गर्नु पर्नेछः
(क) खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गरी अद्यावधिक राखे,
(ख) खरिद कारबाहीसँग सम्बन्धित काममा समन्वय गर्ने,
(ग) खरिद माग सङ्कलन गरी स्वीकृतिको लागि अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्ने,
(घ) बोलपत्र वा प्रस्ताव खोल्ने समितिको संयोजक भई कार्य गर्ने,
(ङ) नियम १४९ बमोजिम खरिद कारबाहीको अभिलेख राख्ने, र
(च) म्याद थप, कार्य सम्पादन जमानत र अनुसूची-२ बमोजिमको प्रतितपत्रको अभिलेख राख्ने ।